१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फिल्म खेलाउने भन्दै किशोरीलाई कोटेश्वरको गेस्ट हाउसमा लैजाने कलाकार पक्राउ

२४ असार २०८१, सोमबार १२:४०

असार २४, काठमाडौँ । फिल्म तथा म्युजिक भिडिओ खेलाइदिन्छु भन्दै होटलमा लगेर बलात्कारको प्रयास गरेको आरोपमा एक कलाकार जेल पुगेका छन् ।

फेसबुकबाट साथी बनाएर कोठमाडौं बोलाउने र होटलमा लगेर जबरजस्ती गर्न खोजेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले एक कलाकारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

१४ वर्षिया किशोरीलाई ओखलढुङ्गाबाट काठमाडौं बोलाएर कोटेश्वरको न्यू पूर्वेली गेस्ट हाउसमा लगेर जबरजस्ती करण गर्न खोजेको भन्दै सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिकाका रमेश श्रेष्ठ पक्राउ परेका हुन् । नेपाली सेनाका जवान समेत रहेका उनी मुद्दा दर्तापछि पुर्पक्षको लागि थुनामा पुगेका छन् ।

उनले केही लोक तथा दोहोरी गीतमा अभिनय गरेका छन् । उनी १८ वर्षदेखि सेनामा जवान थिए । उनको उमेर ३६ वर्षको छ ।

उनले किशोरीलाई जेठ २४ गते ओखलढुङ्गाबाट काठमाडौं बोलाएका थिए । किशोरी कोटेश्वर आइपुगेपछि साँझ ६ बजे उनले न्यू पूर्वेली गेस्ट हाउसमा लगेर गएका थिए । चिसो खुवाउने बहानामा उनले होटेलको १ सय २ नम्बरको कोठामा लगेर गएका थिए ।

किशोरीले नमान्दा पनि उनले कपडा खोलेर जबरजस्ती गर्न खोजेको पीडितले बताएकी छिन् । पीडित किशोरी बल्ल बल्ल भाग्न सफल भएकी थिइन् ।

प्रहरीले होटेलबाट सीसीटीभी फुटेज समेत बरामद गरेको छ । जहाँ किशोरी भागेर निस्किएकी छिन् र रमेश भने पछि निस्किएका छन् । पछि पीडितले मामाकी छोरीलाई घटनाबारे सुनाएपछि बानेश्वर प्रहरीमा उजुरी परेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी