१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्ट्रेलियामा विश्वकै पहिलो ‘अल वेदर इन्डोर स्टेडियम’ बन्दै

२५ असार २०८१, मंगलवार १२:१६

असार २५, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा वर्षाले खेल प्रभावित भएकै कारण स्वाभाविक नतिजा आउन नसकेको धेरै उदाहरण छन् । वर्षाका कारण खेल प्रभावित हुँदा समर्थकहरू सबैभन्दा बढी निराश हुने गरेका छन् । तर, अहिले विश्व क्रिकेटका लागि एउटा खुसीको समाचार आएको छ । क्रिकेट प्रेमीका लागि यस्तो सुखद समाचार अस्ट्रेलियाबाट प्राप्त भएको हो ।

अस्ट्रेलियामा विश्वकै अनौठो क्रिकेट स्टेडियम बनाउने तयारी गरिँदैछ । उक्त क्रिकेट स्टेडियमको काम निकट भविष्यमै अगाडि बढ्ने बताइएको छ । प्रतिकुल मौसमलाई ध्यानमा राखी बनाउन थालिएको यो स्टेडियमको परिचय ‘अल वेदर इन्डोर स्टेडियम’का रूपमा अगाडि सारिएको छ ।


उक्त स्टेडियममा जस्तोसुकै प्रतिकुल मौसममा पनि क्रिकेट खेल सञ्चालन गर्न सकिने बताइएको छ । उक्त स्टेडियम अस्ट्रेलियाको तस्मानियामा बनाउने तयारी गरिएको छ । स्टेडियमको नाम भने ‘माक्वारी प्वाइन्ट स्टेडियम’ राखिएको छ ।

स्टेडियम २३ हजार दर्शक क्षमताको रहने समाचारमा जनाइएको छ । यो स्टेडियमको छत पारदर्शी हुने र छतबाट पर्याप्त उज्यालो स्टेडियमभित्र पुग्ने बताइएको छ । जतिसुकै उचाइको छक्का प्रहार गरे पनि बलले छतलाई नछुने पनि बनाइएको छ ।

यो स्टेडियम तयार पार्न तस्मानियाको परिवेशलाई पनि ध्यानमा राखिएको समाचारमा जनाइएको छ । रंगशालाको डिजाइन तयार पार्दा तस्मानियाका आदिवासी समुदायको सुझावलाई पनि पनि महत्त्व दिइएको बताइएको छ ।

उक्त स्टेडियमबाट समुद्रको मनोरम दृश्य पनि देखिने बताइएको छ । स्टेडियमको निर्माण कार्य सन् २०२८ सम्ममा पुरा भइसक्ने दाबी गरिएको छ । अस्ट्रेलियाका स्पोर्टस एन्ड इभेन्टमन्त्री निक स्ट्रिटका अनुसार, यो स्टेडियमले विश्व क्रिकेटमा ठुलो परिवर्तन ल्याउन सहयोग पुर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै