२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कञ्चनपुरको दोधारामा अहिलेसम्मकै सर्बाधिक बर्षा, के भन्छ मौसम विभाग ?

२०८१, २६ असार बुधबार ०२:५९

असार २६, काठमाडौँ । कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिलि मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८: ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिलि मिटर बर्षा भएको हो ।

बिभागका अनुसार विस २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्बाधिक बर्षा हो ।

विभागले जारी गरेको विज्ञप्ति: 

यस वर्ष जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरू भएको मनसुन मिति २०८१/०३/१४ गते देखि २०८१/०३/२४ सम्म सक्रिय भएको थियो। यसै क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू-भागमा मिति २०८१/०३/२३ र २४ गते अति भारी वर्षा भएको थियो। मिति २०८१/०३/२४ गते बिहान ०८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मि.मि., हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको थियो।

वायुमण्डलिय तथ्यांक, भु-उपग्रहबाट लिइएको तस्विर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भएतापनि सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू- भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली  विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापिय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको देखिन्छ।

यस विभागको वि.सं. २००३ (सन् १९४७) देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हाल सम्म मापन गरिएको सर्वाधिक वर्षा हो। यस अघि मिति २०७४/०४/२९ गते (सन् २०१७ अगष्ट १३) हेटौडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भू-संरक्षण विभागको तथ्याङ्क अनुसार मिति २०५०/०४/०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ् वर्षा केन्द्रमा ५४०.० मि.मि वर्षा मापन गरिएको थियो।

यस मौसमी घटना सम्बन्धमा विभागले थप अध्ययन गरी जानकारी सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु