२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सेक्युरेटी मजदुरहरुद्धारा मैन आन्दोलन सुरु

२०७२, २३ चैत्र मंगलवार १४:५९

 चैत २३,
मकवानपुर ।
मकवानपुरमा सेक्युरेटी सप्लायर्समार्फत कार्यरत सेक्युरेटी मजदुरहरुले हिजो वाट
मौन(चुप) आन्दोलन थालेका छन् । सरकारले निर्णय गरेको न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै उनीहरुले
सहकर्मी बाहेक अरुसँग नबोल्ने आन्दोलन थालेका हुन् ।

कार्यस्थलमा खटिएका सुरक्षा सहकर्मीसँग
मात्र बोल्नें, माग पुरा नभएसम्म पेन डाउन गरी हाकिमलाई समेत सलाम नगर्ने कार्यक्रम रहेको मजदुरहरुले
बताएका छन् । मकवानपुरका बिभिन्न उद्योगमा सुरक्षा ठेक्का पारेका फिस्टेल, स्वर्गद्वारी, एस टु,
कान्तिपुर, गोर्खाली योद्धा, भुपु सैनिक, नवदुर्गा, कालिदेवी, ब्लु हेबन ठेकेदार कम्पनीले सरकारले
बृद्धि गरेको न्युनतम पारिश्रमिक लागु नगरेको अखिल नेपाल सेक्युरेटी मजदुर संघका अध्यक्ष रबिन्द्र
केसीले बताउनुभयो ।

गत चैत्र ११ गतेदेखि न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै आन्दोलन
थालेकोमा न्युनतम पारिश्रमिक लागु नगर्ने उद्योगहरुमा दोस्रो चरणमा मौन आन्दोलन सुरु गरिएको केसीले
जानकारी दिनुभयो । मकवानपुरका उद्योग तथा प्रतिष्ठानहरुमा २० वटा ठेकेदार कम्पनीमार्फत करिब चारसय
सेक्युरेटी मजदुर कार्यरत छन् ।

मन्त्रीपरिषदले गत माघ १८ गते मजदुरहरुको न्युनतम पारिश्रमिक
पाँच हजार एकसयमा एक हजार एकसय पाँच रुपैयाँ र महंगी भत्ता दुई हजार नौ सय रुपैयाँमा पाँचसय ९५ रुपैयाँ
बृद्धि गरी एक हजार सातसय पारिश्रमिक बढाएर राजपत्रमा प्रकाशित गरेको थियो ।

– अन्देव कठायत बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु