३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सेक्युरेटी मजदुरहरुद्धारा मैन आन्दोलन सुरु

२३ चैत्र २०७२, मंगलवार १४:५९

 चैत २३,
मकवानपुर ।
मकवानपुरमा सेक्युरेटी सप्लायर्समार्फत कार्यरत सेक्युरेटी मजदुरहरुले हिजो वाट
मौन(चुप) आन्दोलन थालेका छन् । सरकारले निर्णय गरेको न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै उनीहरुले
सहकर्मी बाहेक अरुसँग नबोल्ने आन्दोलन थालेका हुन् ।

कार्यस्थलमा खटिएका सुरक्षा सहकर्मीसँग
मात्र बोल्नें, माग पुरा नभएसम्म पेन डाउन गरी हाकिमलाई समेत सलाम नगर्ने कार्यक्रम रहेको मजदुरहरुले
बताएका छन् । मकवानपुरका बिभिन्न उद्योगमा सुरक्षा ठेक्का पारेका फिस्टेल, स्वर्गद्वारी, एस टु,
कान्तिपुर, गोर्खाली योद्धा, भुपु सैनिक, नवदुर्गा, कालिदेवी, ब्लु हेबन ठेकेदार कम्पनीले सरकारले
बृद्धि गरेको न्युनतम पारिश्रमिक लागु नगरेको अखिल नेपाल सेक्युरेटी मजदुर संघका अध्यक्ष रबिन्द्र
केसीले बताउनुभयो ।

गत चैत्र ११ गतेदेखि न्युनतम पारिश्रमिक लागु गर्न माग गर्दै आन्दोलन
थालेकोमा न्युनतम पारिश्रमिक लागु नगर्ने उद्योगहरुमा दोस्रो चरणमा मौन आन्दोलन सुरु गरिएको केसीले
जानकारी दिनुभयो । मकवानपुरका उद्योग तथा प्रतिष्ठानहरुमा २० वटा ठेकेदार कम्पनीमार्फत करिब चारसय
सेक्युरेटी मजदुर कार्यरत छन् ।

मन्त्रीपरिषदले गत माघ १८ गते मजदुरहरुको न्युनतम पारिश्रमिक
पाँच हजार एकसयमा एक हजार एकसय पाँच रुपैयाँ र महंगी भत्ता दुई हजार नौ सय रुपैयाँमा पाँचसय ९५ रुपैयाँ
बृद्धि गरी एक हजार सातसय पारिश्रमिक बढाएर राजपत्रमा प्रकाशित गरेको थियो ।

– अन्देव कठायत बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ