२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

करण जोहर भन्छन् – म लामो समयदेखि सिंगल छु तर, पार्टनरको आवश्यकता छैन

२०८१, २७ असार बिहीबार ०८:५९

असार २७, काठमाडौँ । बलिउड फिल्म निर्माता करण जोहरले हालै आफ्नो सम्बन्धको बारेमा खुलासा गरेका छन् । उनले लामो समयदेखि सिंगल रहेको र सिंगल हुँदा पनि रमाइलो गरिरहेको बताए । अहिले आफूले साथी नखोजेको उनी बताउँछन् ।

करणले ४० वर्षको उमेरसम्म पार्टनर खोजेको बताए । तर, अहिले ५० वर्षको उमेरमा पनि उनलाई साथीको अभाव महसुस नभएको उनको भनाइ छ ।


फाए डिसुजाको च्याट शोमा करणले आफू एकपटक रिलेशनशिपमा भएको खुलासा पनि गरेका थिए ।

उनले भनेका छन्, ‘अहिले सिंगल छु र लामो समयदेखि कुनै पनि सम्बन्धमा छैन । वास्तवमा म मेरो सम्पूर्ण जीवनमा केवल एक पटकमा सम्बन्धमा थिएँ । म भन्न सक्दिन कि म मेरो एकल स्थितिमा कति आनन्द लिन्छु । मलाई लाग्दैन कि म यसलाई अहिले परिवर्तन गर्न सक्छु ।’

करणले थप भने, ‘अब ५० वर्षको उमेरमा पार्टनरको आवश्यकता छैन, जब म ४० वर्षको थिएँ, मलाई साथीको अभाव महसुस हुन्थ्यो । तर, ५० वर्ष पुगेपछि यो कमी महसुस हुँदैन । म यसलाई रोकिरहेको छैन, तर म यो भइरहेको देख्दिनँ । म धेरै एजेन्सीहरूमा गएको छु, ब्लाइन्ड डेटहरूमा गएको छु र विदेशमा धेरै मानिसहरूलाई भेटेको छु । यति धेरै गरेपछि पनि राम्रो पार्टनर पाउन सकिन, त्यसैले अब आवश्यक पनि लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु