१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुसा मार्ने विष खाँदा गुल्मीमा चार वर्षीया बालिकाको मृत्यु, एक गम्भीर

२७ असार २०८१, बिहीबार ०९:२४

असार २७, काठमाडौँ । गुल्मीमा मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा एक बालिकाको ज्यान गएको छ ।  जिल्लाको इस्मा गाउँपालिका -१ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


मुसा मार्न प्रयोग हुने मलहम सेबन गर्दा सोही गाउँकी  अर्की बालिका गम्भीर बिरामी भएकी छन् । बसन्धुरा सुनारकी पाँच वर्षीया छोरी दिपसिखा सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका  प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।       

बुधबार दिउँसो आमाले प्रिन्सा र दिपसिखालाई लिएर घर नजिकैको बारीमा कोदाको झार गोड्न गएका थिए । त्यही समयमा बालिकाले फोहोरसँगै फालेको  विष सेवन गरेपछि बान्ता गरेका थिए। विष सेवन गरेको थाहा पाएपछि परिवारले उपचारका सदरमुकामस्थित गुल्मी अस्पतालमा ल्याएका हुन् ।

अस्पतालले बिहीबार बिहान प्रिन्साको उपचारका क्रममा  मृत्यु भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विष सेवनपछि गम्भीर बिरामी भएकी दिपसिखालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी