११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय टोलीको एकदिवसीय र टी–२० को छुट्टाछुट्टै कप्तान बनाउने गौतम गम्भीरको तयारी

२७ असार २०८१, बिहीबार ०९:५६

असार २७, काठमाडौँ । आफू भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुअघि गौतम गम्भीरले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग पाँच बुँदे प्रस्ताव राखेका थिए । त्यसमध्ये एउटा बुँदामा उनले फरक–फरक ढाँचाको क्रिकेटका लागि छुट्टाछुट्टै कप्तान बनाउने विषय समावेश गरिएको थियो ।

आफ्नो त्यही योजना अनुरूप गौतम गम्भीरले निकट भविष्यमा हुने श्रीलंका भ्रमणका क्रममा एकदिवसीय र टी–२० टोलीमा छुट्टाछुट्टै कप्तान बनाउने तयारी अगाडि बढाएका छन् । बीसीसीआई स्रोतका अनुसार, प्रमुख प्रशिक्षक गम्भीरले टेस्टका लागि पनि छुट्टै कप्तान बनाउने भएका छन् ।


भारतीय टोलीले जुलाई २७ तारिखदेखि श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोही भ्रमणमार्फत गम्भीरले पनि आफ्नो जिम्मेवारी समाल्नेछन् । श्रीलंका भ्रमणका क्रममा भारतले तीनवटा टी–२० अन्तर्राष्ट्रिय र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।

श्रीलंका भ्रमणका लागि पनि गम्भीरले एकदिवसीय र टी–२० टोलीको छुट्टाछुट्टै कप्तान बनाउने समाचारमा जनाइएको छ । उनले श्रीलंका भ्रमणका लागि रोहित शर्माको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउने तयारी अगाडि बढाएका छन् ।

हालै सम्पन्न टी–२० विश्वकपलगत्तै रोहित शर्मा र अर्का अनुभवी खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । एकदिवसीय र टेस्ट क्रिकेटमा भने उनीहरू सक्रिय रहने छन् ।

तर, श्रीलंका भ्रमणका क्रममा रोहित र विराट दुबैलाई आराम दिइने बताइएको छ । श्रीलंका भ्रमणपछि हुने इङ्ल्यान्डविरुद्धको शृंखलालाई ध्यानमा राखी रोहित र विराटलाई आराम दिन लागिएको समाचारमा जनाइएको छ ।

त्यसैले उनको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउन लागिएको हो । टी–२० टोलीको कप्तान भने हार्दिक पाण्ड्यालाई बनाइने भएको छ । यी दुवै खेलाडीसँग यसअघि पनि कप्तानको जिम्मेवारी समालेको अनुभव छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज