१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सशस्त्रको बिरगंज सिमा सुरक्षा गुल्म देशमै उत्कृष्ट

२७ असार २०८१, बिहीबार १०:२०

असार २७, बिरगंज । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म राजश्व संकलन (अबैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै उत्कृष्ट भएको छ । 

गुल्म प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले बिरगंज भन्सार एरियाबाट मात्र तिनमहिना २० दिनको अवधिमा झण्डै ९ करोड बराबरको तस्करीको माध्यमले भित्र्याइएको अबैध भारतीय सामान बरामद गरेको हो ।


डिएसपी रिजाल स्वयं अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणमा तस्करीका मालसमान  बरामद गर्न सफल भएका हुन् ।

 प्रस्तावित भन्सार गुल्मको इतिहासमा हालसम्मकै सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरि भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसपी सशी पाण्डेले बताएका छन् । 

डिएसपी रिजाल बिरगंज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए । हाजिर भएको दिनदेखि आजको मितिसम्म मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैया मूल्य बराबरको तस्करीका मालसमान  बरामद गरि भन्सार बुझाएको डिएसपी रिजालले बताएका छन । 

गत चैत महिनामा  एक करोड ४७ लाख ६२ हजार ८९३ रुपैया, गत बैशाख महिनामा दुई करोड ६३ लाख एक हजार ८८२  ,जेष्ठ महिनामा दुइ करोड ४१ हजार २ ८९ रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको उनले बताएका छन।

त्यसैगरी असार महिनाको आज २७ गते समाचार तयार पार्दासम्म दुई करोड ६२ लाख ५९ हजार ९१९ रुपैया बराबरको अबैध तस्करीका समान बरामद गरि  भन्सार कार्यालयमा बुझाएको छ।

सोही अवधिमा २० किलो गाँजा, बिभिन्न किसिमका लागुऔषध कारोवारी, हुण्डी कारोवारी तथा तस्करीमा संलग्न महिला पुरुष गरी १५ जना मानिसलाई नियन्त्रमा लिएर आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको डिएसपी सुरज रिजालले जानकारी दिएका छन।

सशस्त्र प्रहरी बल बिरगंज गुल्मले तस्करीका मालसमान बरामद गरि भन्सार दाखिला गराउन नेपालमै अब्बल हुनसफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी