१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो, दुई जनाको मृत्यु

२८ असार २०८१, शुक्रबार ०५:५७

असार २८, रौतहट । रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन ।

मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन ।


घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई ६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकी जादै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो । 

उक्त गाडीमा जम्मा १२ जना सवार  सवार मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानिय अस्पताल तर्फ उपचार गर्न पठाईएको प्रहरीले जनाएको छ । चालक भने फरार भएका छन। दुर्घटनामा 

काठमाण्डौ घर भएका बर्ष ५५ को कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पण्डितलाई गम्भिर अवस्थामा उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाईएकोमा उनीहरुलाई डाक्टरले मृत घोषणा गरेको डिएसपी त्वातीले जानकारी दिएका छन ।

चक्रघटाकै बर्ष २५ को अमलेश ठाकुर दाहिने खुट्टा, छाती,घाँटीमा चोट अवस्था  प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको छ । गाडी चालकको नाम ठेगाना नखुलेका तथा उनी सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै