असार २८, काठमाडौँ । दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित थाई गुम्बा भनिने कर्मास्यामदेलिङ नुनुरी आनी थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हुनेमा ५ वर्षीया पल्जोम तामाङ छिन् । उनको दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार पल्जोम केही समय पर्खाल भत्किँदा पुरिएर बेपत्ता भएकी थिइन् भने प्रहरीले घाइते अवस्थामा उनको उद्दार गरेको थियो ।
गुम्बाको पर्खाल भत्किँदा ६ जना नाबालिकाहरु पुरिएर घाइते भएका छन् । घाइते हुनेहरूमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मनकुमारी तामाङ रहेका छन् । उनीहरुको ५ जनाको उपचार बल्खुस्थित बयोधा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।