१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमलताल घटना: ५८ जना अझै बेपत्ता

३० असार २०८१, आईतवार ०५:५३

असार ३०, हेटौँडा |  बसन्त भण्डारी | नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा असार २८ गते बिहान घटेको पहिरो घटनामा परेका दुई बसका ५८ जना यात्रु अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। घटनामा परेका कुल ६५ यात्रुमध्ये ३ जना पौडेर बाँच्न सफल भएका र ४ जनाको शव फेला परेको छ।

प्रशासनका अनुसार, दुवै बसमा चलानीमा उल्लेख गरिएको भन्दा १५ जना बढी यात्रु रहेको पाइएको छ। काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा चलानीमा २७ जना उल्लेख भए पनि वास्तवमा ३८ जना यात्रु रहेको पाइएको छ। त्यसैगरी, बीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा चलानीमा २३ यात्रु देखिए पनि २७ जना यात्रु रहेको खुलेको छ।

फेला परेका ४ शवमध्ये ३ जनाको सनाखत भइसकेको र १ जनाको सनाखत हुन बाँकी रहेको प्रशासनले जनाएको छ।

घटनाको तेस्रो दिन पनि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्धारकर्मीहरूले खोजी कार्य जारी राखेका छन्। उद्धारकर्मीहरूले बस खसेको स्थानबाट झण्डै १ किलोमिटर तलसम्म खोजी गरिरहेका छन्, तर अहिलेसम्म बसको अवस्था पत्ता लगाउन सकिएको छैन।

प्रशासनले बेपत्ता यात्रुहरूको खोजी कार्य तीव्र पारिएको र थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने बताएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै