१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२५ वर्षीया श्रीमतीको हत्यापछि नाबालक छोरा लिएर श्रीमान फरार

३० असार २०८१, आईतवार ०६:२७

असार ३०, काठमाडौँ ।  रुकुम पूर्वका एक युवकले आफ्नी २५ वर्षीया श्रीमतीको हत्या गरेका छन्। 

जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय जीवन ओलीले गत शुक्रबार राति २५ वर्षीया श्रीमती अप्सरा ओलीको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। श्रीमतीको हत्यापछि उनले ६ वर्षीय छोरा आयुसलाई साथमै लगेर फरार  भएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रशाद पोखरेलका अनुसार ‍ एक अपरिचित व्यक्तिले घटनाबारे फोन गरेर जानकारी गराएका थिए।

खबर पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थलमा प्रहरी खटाएको उनले बताए।

घरभन्दा झन्डै तीनदेखि चार मिटर  टाढा अप्सराको हत्या भएको डिएसपी भट्टराईले बताए। घरायसी विवादका क्रममा जीवनले अप्सरामाथि घाँटीमा खुकुरी प्रहार गरेको उनको  अत्यधिक रक्तस्राव भएर निधन भएको पोखरेलले बताए।

घटना पछि जीवन नाबालाक छोरालाई लिएर फरार रहेको र उनको खोजी कार्य जारी रहेको डिएसपी भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै