१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमलताल दुर्घटना : नारायणीमा भेटिएका पाँचवटै शवकाे सनाखत

३० असार २०८१, आईतवार ०९:१५

असार ३०, काठमाडौँ । सिमलताल पहिराेमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका पाँच यात्रुकाे शव नारायणी नदीमा भेटिएकाे छ । हिजाे र आज नारायणी नदीकाे गैंडाकाेट र मेघाैली क्षेत्रमा पाँचवटा शव भेटिएका थिए । ती सवै शवहरू नदीमा हराइरहेका बसका यात्रुकाे भएकाे पुष्टि भएकाे चितवन जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पछिल्लाे पटक भेटिएका दुई शवमध्ये एक वीरगञ्जबाट काठमाडाैं जाँदै गरेका बसका यात्रु सज्जाद अन्सारीकाे हाे । त्यस्तै अर्काे शव काठमाडाैंबाट राैतहट गाैर जान भरतपुरतर्फ आइरहेकाे बसका यात्रु जयप्रकाश ठाकुरकाे रहेकाे प्रमुख जिल्ला अधिकारी यादवले बताए ।


परिचय खुलेका दुवै शव भारतीय नागरिकका हुन् । ठाकुरकाे ठेगाना भारत पश्चिम चम्पारणकाे बेतिया थाना हाे । त्यसैगरी सज्जादकाे बेतिया मझेलिया थाना गुठिया इन्दु हाे । दुवै बसमा गरेर सातजना भारतीय यात्रु थिए । हालसम्म तीनजनाकाे शव भेटिएकाे छ ।

यस अघि माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो ।

नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिराेमा बगेर शुक्ररबार बिहान सबेरै दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् । प्रशासनका अनुसार दुवै बसमा गरेर ६५ जना यात्रु थिए । तीमध्ये तीन जना सकुशल छन् भने बेपत्तामध्ये पाँच जनाको शव भेटिएको हो । अझै ५७ जना यात्रु बेपत्ता छन् ।

बेपत्ता दुई वटा बस र यात्रुहरुको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै