२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमलताल दुर्घटना : नारायणीमा भेटिएका पाँचवटै शवकाे सनाखत

२०८१, ३० असार आईतवार ०९:१५

असार ३०, काठमाडौँ । सिमलताल पहिराेमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका पाँच यात्रुकाे शव नारायणी नदीमा भेटिएकाे छ । हिजाे र आज नारायणी नदीकाे गैंडाकाेट र मेघाैली क्षेत्रमा पाँचवटा शव भेटिएका थिए । ती सवै शवहरू नदीमा हराइरहेका बसका यात्रुकाे भएकाे पुष्टि भएकाे चितवन जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार पछिल्लाे पटक भेटिएका दुई शवमध्ये एक वीरगञ्जबाट काठमाडाैं जाँदै गरेका बसका यात्रु सज्जाद अन्सारीकाे हाे । त्यस्तै अर्काे शव काठमाडाैंबाट राैतहट गाैर जान भरतपुरतर्फ आइरहेकाे बसका यात्रु जयप्रकाश ठाकुरकाे रहेकाे प्रमुख जिल्ला अधिकारी यादवले बताए ।


परिचय खुलेका दुवै शव भारतीय नागरिकका हुन् । ठाकुरकाे ठेगाना भारत पश्चिम चम्पारणकाे बेतिया थाना हाे । त्यसैगरी सज्जादकाे बेतिया मझेलिया थाना गुठिया इन्दु हाे । दुवै बसमा गरेर सातजना भारतीय यात्रु थिए । हालसम्म तीनजनाकाे शव भेटिएकाे छ ।

यस अघि माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो ।

नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिराेमा बगेर शुक्ररबार बिहान सबेरै दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् । प्रशासनका अनुसार दुवै बसमा गरेर ६५ जना यात्रु थिए । तीमध्ये तीन जना सकुशल छन् भने बेपत्तामध्ये पाँच जनाको शव भेटिएको हो । अझै ५७ जना यात्रु बेपत्ता छन् ।

बेपत्ता दुई वटा बस र यात्रुहरुको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु