१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उडानमा एयरहोस्टेसले दिएको खाना खान अस्वीकार गरेपछि दिल्ली एयरपोर्टमा यात्रु पक्राउ

१ श्रावण २०८१, मंगलवार ०७:५०

साउन १, काठमाडौँ । उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।

जेद्दाबाट नयाँदिल्लीसम्म करिब साढे पाँच घण्टासम्म एयर इन्डियाको उडानका क्रममा ती यात्रुलाई एयरहोस्टेसले पटकपटक पानीदेखि खानासम्म ‘अफर’ गरेकी थिइन् । ती यात्रुले केही पनि खान अस्वीकार गरे ।

त्यसपछि एयरहोस्टेसले विमानका क्याप्टेनलाई ती यात्रुको बारेमा जानकारी गराइन् । सोही अनुसार विमानका क्याप्टेनले ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी)मार्फत सुरक्षा निकायलाई यसबारे जानकारी गराए ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानका क्याप्टेनले दिएको सूचनाका आधारमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ सुरक्षाकर्मीले ती यात्रुको निगरानी गरे । उनी विमानस्थलको सुरक्षा जाँच पार गर्नै लाग्दा पक्राउ परेका हुन् ।


सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ती यात्रीले आफ्नो मलाशयमा सुनका क्याप्सुल लुकाएर ल्याएका थिए । यात्राका क्रममा केही खाँदा शौचालय जानुपर्ने अवस्था आउन सक्ने भयका कारण उनले एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान अस्वीकार गरेका थिए ।

केही पनि खान नमानेकै कारण एयरहोस्टेसलाई शङ्का लागेपछि क्याप्टेनलाई ती यात्रुको गतिविधिबारे जानकारी गराएको बताइन्छ । लामो दुरीमा यात्रीले केही खान नमानेको खण्डमा उसले मलाशयमा केही लुकाएको छ भन्ने आशङ्का बलियो हुन्छ ।

विमानस्थलमा सुरक्षा निकायले उनको मलाशयबाट एक हजार ९६ दशमलव ७६ ग्राम सुन बरामद गरेको छ । उक्त परिमाणको सुन उनले चार वटा क्याप्सुल बनाएर मलाशयमा लुकाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह