२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रविलाई उन्मुक्ति दिँदा विवादमा परेका महान्यायाधीवक्ता पोखरेलको राजीनामा स्वीकृत

२०८१, १ श्रावण मंगलवार १०:२१

साउन १, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका महान्यायाधीवक्ता डा. दिनमणि पोखरेलले राजीनामा दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई दिएको राजीनामा स्वीकृत भएको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। पोखरेलको राजीनामा सँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ महान्यायाधीवक्ता नियुक्त गर्ने बाटो खुलेको छ।


महान्यायाधिवक्ता राष्ट्रपति र सरकारको औपचारिक कानूनी सल्लाहकार हुन्।

तत्कालीन सत्ता स्वार्थ अनुसार रवि लामिछानेलाई पासकोर्ट कसुर र सहकारी ठगीमा उन्मुक्ति दिन खोज्दा पोखरेल विवादमा परेका थिए।

लामिछानेले दुईवटा नागरिकता लिएको स्वीकार गरे पनि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय र तीनै लामिछाने सहकारी ठगीमा सहभागी नभएको भन्ने पत्रका कारण पोखरेल विवाद र तनावमा परे। उनका दुवै निर्णयविरुद्ध परेका रिट सर्वोच्चमा विचाराधीन छन्।

विवादकै कारण सर्वोच्चको न्यायाधीश हुने उनको चाहनामा ठेस लागेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु