१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रविलाई उन्मुक्ति दिँदा विवादमा परेका महान्यायाधीवक्ता पोखरेलको राजीनामा स्वीकृत

१ श्रावण २०८१, मंगलवार १०:२१

साउन १, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका महान्यायाधीवक्ता डा. दिनमणि पोखरेलले राजीनामा दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई दिएको राजीनामा स्वीकृत भएको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। पोखरेलको राजीनामा सँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ महान्यायाधीवक्ता नियुक्त गर्ने बाटो खुलेको छ।


महान्यायाधिवक्ता राष्ट्रपति र सरकारको औपचारिक कानूनी सल्लाहकार हुन्।

तत्कालीन सत्ता स्वार्थ अनुसार रवि लामिछानेलाई पासकोर्ट कसुर र सहकारी ठगीमा उन्मुक्ति दिन खोज्दा पोखरेल विवादमा परेका थिए।

लामिछानेले दुईवटा नागरिकता लिएको स्वीकार गरे पनि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय र तीनै लामिछाने सहकारी ठगीमा सहभागी नभएको भन्ने पत्रका कारण पोखरेल विवाद र तनावमा परे। उनका दुवै निर्णयविरुद्ध परेका रिट सर्वोच्चमा विचाराधीन छन्।

विवादकै कारण सर्वोच्चको न्यायाधीश हुने उनको चाहनामा ठेस लागेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह