१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आजदेखि पशुपतिमा १ महिने बृहत् कोटिहोम महायज्ञ सुरु

१ श्रावण २०८१, मंगलवार १२:२९

साउन १, काठमाडौँ । आजदेखि पशुपति क्षेत्रमा ‘ऐतिहासिक पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । इतिहासमै पहिलो पटक हुँदै गरेको ऐतिहासिक कोटिहोम मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा कोटिहोम महायज्ञ आयोजना हुँदैछ ।


कोटिहोमको पूर्वसन्ध्यामा विभिन्न र्‍याली तथा प्रभातफेरि जस्ता कार्यक्रमको आयोजना गरिएको थियो भने सोमबार हजारौँ भक्तजनहरुको उपस्थितिमा विशाल शोभा कलश यात्रा गरिएको थियो । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतको कथा प्रवचन रहेको छ । 

त्यस्तै, साउन महिनाभ महायज्ञमा १०८ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत हवन, ५ हजार १०० दिव्य कलश पूजन, ४ वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम रहेको छ ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ आयोजना हुन गइरहेको हो । 

अहिले ती दुबै आश्रमको घर भाडामा रहेका छन् । मामाघर आश्रममा देशका विभिन्न स्थानका ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा पाइरहेका छन् भने आधारभूत अवश्यकताबाट बन्चित  करिब २० जना बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय पाएका छन् ।


 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह