२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराट कोहलीले नेपालको हिमाल राखेर भारतको प्रचार गरेपछि सामाजिक सञ्जालमा आक्रोश(भिडियो)

२०८१, २ श्रावण बुधबार ०५:३९

साउन २, काठमाडौँ । नेपालको हिमालको भिडियो राखेर भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले भारतको प्रचार गरेपछि नेपालीले आक्रोश व्यक्त गरेका छन्।

सगरमाथा क्षेत्रको भिडियो राख्दै कोहलीले भारतको प्रचारात्मक भिडियो बनाएपछि उनको पोस्टमा नेपालीले आक्रोश पोखेका हुन्।

कोहलीले भारतको प्रचारात्मक भिडियो बनाउँदा सुरुमै नेपालको हिमालको दृश्यलाई राखेर इन्डिया, भारत, हिन्दुस्थान भन्दै भारतको प्रचार गरेका हुन्। उनले प्रकृतिक सुन्दरतासँगै प्रजातन्त्र, क्रिकेट, बलिउड, छिटो विकास भइरहेको अर्थतन्त्रका लागि भारत चर्चित भएको बताएका छन्। यो विषयमा नभएर नेपालीहरुले हिमालको भिडियो राखेकोमा आक्रोश व्यक्त गरेका हुन्।

उक्त भिडियोमा आक्रोश व्यक्त गर्दै बिबेक गौतमले लेखेका छन्, " छुलु पूर्व नेपालको हो ! नेपाल जस्तो स्वतन्त्र राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानमा प्रत्यक्ष असर गर्ने विवादास्पद भिडियो शेयर गर्न बन्द गर।"

त्यस्तै, सुशान्तले नेपाल पूर्वी भेगमा रहेको छुलु हिमाललाई भारतको भनेर देखाइएको भन्दै विराटप्रतिको आफ्नो सम्मान हटेको बताएका छन्। उनले आफूलाई थाहा नभएका कुरा सामाजिक संजालमा पोष्ट नगर्न पनि अनुरोध गरेका छन्। 

अर्जुन देउवाले चेतावनीको शैलीमा छुलु नेपालको भएको भन्दै भारतको भनेर प्रचार नगर्न भनेका छन्।

श्रीधर पौड्यालले भने विराटप्रति आफ्नो सम्मान रहेको तर भिडियोमा देखाइएको हिमाल नेपालको भन्दै यो भिडियो बनाउनेको गल्ती भएको बताएका छन्। उनले नेपालको गौरवलाई आफ्नो नभन्न पनि चेतावनी दिएका छन्।

धेरैजनाले उक्त भिडियोमा देखाइएको हिमाल नेपालको भन्दै सच्याउन माग पनि गरेका छन्। अनन्या कार्कीले नेपालको सोलुखुम्बुमा रहेको हिमाल भारतको भन्दै देखाएको भन्दै विराटको आलोचना गरेकी छन्। उनले सगरमाथा नेपालको शान भएको भन्दै यसमा विराटले लाज मान्नुपर्ने प्रतिक्रिया दिएकी छिन्। भगवान बुद्ध र सीता पनि नेपालमै जन्मिएका तर भारतले आफ्नो देशमा जन्मिएका भन्ने गरेको भन्दै त्यसको पनि खण्डन गरेकी छन्।

यस्तै विकास पौडेलले नेपालको हिमाललाई भारतको भनेर खेलाडीलाई गलत सन्देश नदिन आग्रह गरेका छन्।

तिलक लामिछानेले विराटलाई आफ्नो देशको भूगोल बारे ज्ञान नभएको भन्दै गाली समेत गरेका छन्।

उनको पोस्ट:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु