५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेलमार्गको सर्भे टोलीको गाडीमा चितवनका स्‍थानीयले गरे आगजनी

२ श्रावण २०८१, बुधबार ०९:३१

साउन २, चितवन । चितवनमा रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन् । बुधबार भरतपुर महानगर- ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि आगजनी गरेका थिए ।


गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको थियो । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए । सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । आज वडा नं. ७ मा सर्भे गर्दागर्दै सयौ स्थानीय भेला भएर विरोध गरेका थिए ।

पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका छन् ।

चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश रविको फोटो खिचेका निकोलसविरुद्ध मुद्दा दर्ता, १ लाख जरिवाना र ५ वर्ष कैद माग वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा लाग्यो आगो, चालकको जलेर मृत्यु इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय दैलेखबाट नमुना लिएर पेट्रोलियम पदार्थ अन्वेषण टोली चीन फर्कियो बागमतीका मेयर र उपमेयरलाई झुटो वन मुद्दामा फसाउन खोजिएको भन्दै माओवादीको आपत्ति प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्ने माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश मदिराको सेवनले बढाउँछ यी ७ प्रकारका क्यान्सरको जोखिम, पुरुषमा भन्दा महिलामा अझ बढी (नयाँ अध्ययन) भक्तपुरको मनहरा खोलामा भेटियो पुरुषको शव हिजो राजावादी भए पनि मसँग आएपछि मातृभूमि जागरण अभियानका हुन् : भीम रावल दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय उच्च अदालतले सरकारलाई सोध्यो: आशिका तामाङलाई किन थुनेको ?