साउन २, रुपन्देही । रुपन्देहीको एक स्वीमीङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ । गुल्मी घर भएका २४ वर्षीय बिमल थापाको स्वीमीङ पुलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुद्धोधन गाउँपालिका ४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने थापाको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
सोमबार राति पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।