१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानकी पत्रकार धमला मेयर हर्क साम्पाङका समर्थकबाट कुटिइन्, ५ जना प्रहरी नियन्त्रणमा

३ श्रावण २०८१, बिहीबार ०६:०८

साउन ३, काठमाडौँ । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


कुटपिट गर्ने समूह मेयर हर्क साम्पाङका समर्थक रहेको धमलाले आरोप लगाएकी छन् ।

केही दिनदेखि मेयर साम्पाङ र धमला बीच विवाद हुँदै आएको थियो ।

विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाविरुद्ध आन्दोलन गर्न उक्साउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएका थिए ।

केही समयअघि पत्रकार धमलाले धरानमा वेश्यावृत्ति बढेको टिप्पणी गरेकी थिइन् । सोही विषयलाई लिएर मेयर साम्पाङ्ले महिलाहरुको अपमान गरेको भन्दै धमलाविरुद्ध आक्रामण गराउन महिलाहरुलाई उक्साउदै आएका थिए ।

कुटपिटमा संलग्न महिलाहरू पक्राउ परेपछि मेयर साम्पाङ्ले फेसबुकमा लेखेका छन् – सुनसरी प्रहरी निर्दोष दिदी बहिनीहरूलाई विना सर्त रिहा गर ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह