१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री अ‍ोलीलाई कुन-कुन दलले दिँदैछन् विश्वासको मत ?

३ श्रावण २०८१, बिहीबार ०६:३०

साउन ३, काठमाडौँ । मुलुकको ४५औं प्रधानमन्त्रीको रुपमा चौथो पटक सत्ताको बागडोर सम्हाल्न आईपुगेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् ।

बुधबार बसेको सत्ता साझेदार दलहरुका प्रमुख सचेतकसँगको छलफलपछि ओलीले विश्वासको मत लिने मिति टुंगिएको हो । उनले हिजो नै विश्वासको मत लिने कार्यसूची दर्ता गराउनका लागि संसद सचिवालयमा पत्र दर्ता गराईसकेका छन् । ओलीले आइतबार नै संसद्बाट देशवासीलाई सम्बोधन गर्ने कार्यसूची पनि रहेको छ ।


संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेका हुन् । ओलीले सोमबार शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गरिसकेका छन् । उनको मन्त्रिपरिषद्मा एमालेर कांग्रेसका अतिरिक्त लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीसमेत सामले छ ।

क-कसले दिन्छन् ओलीलाई विश्वासको मत ?

२७५ सदस्यीय प्रतिनिधि सभामा झण्डै २ तिहाई सांसद्को समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई दुई तिहाई भन्दा धेरै सांसद्ले विश्वासको मत दिने देखिन्छ । संसद्मा ८८ सीटसहित पहिलो र ७९ सीटसहित दोस्रो दल रहेका कांग्रेस र एमालेबाहेक १४ सीट रहेको राप्रपा, ७ सीट रहेका जसपा, ६ सीट रहेको जनमत, ५ सीट रहेको जसपा नेपाल, ४ सीट रहेको लोसपा, ४ सीटनै रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने र विश्वासको मत दिने आंकलन गरिएको छ । त्यस्तै स्वतन्त्रबाट निर्वाचित योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिँदैछन् । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् ।

सरकारमा लोसपा र जसपामात्र सामेल भएपनि जसपा नेपाल र नाउपाले ओलीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् भने राप्रपा छलफलमै रहेको छ । दुई ठूला दल मिलेर सरकार बनाउनु राम्रो कुरा भन्दै सबैभन्दा सुरुमा स्वागत गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री ओलीबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको हुँदा राप्रपाले पनि विश्वासको मत दिने विश्वास एमालेलाई रहेको छ ।

यता निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसहित ३ दलले भने ओलीलाई विश्वासको मत नदिने निश्चित भएको छ । माओवादीसहित रास्वपा र नेकपा एसले ओलीलाई विश्वासको मत दिँदैनन् । माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसका १० सांसद छन् । त्यस्तै एक जना सांसद रहेका आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले पनि ओलीको विपक्षमा मतदान गर्दा एक सांसद नै रहेको नेपाल मजदुर किसान पार्टीले तटस्थ रहने नीति लिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह