१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रिल्स बनाउने क्रममा झरनामा खस्दा इन्स्टाग्राम इन्फ्ल्युन्सरको मृत्यु

३ श्रावण २०८१, बिहीबार ०७:४९

साउन ३, काठमाडौँ । इन्स्टाग्रामका लागि रिल्स बनाउने क्रममा चिप्लिएर झरनामा खस्दा भारतीय इन्फ्ल्युन्सर आन्भी कामदारको मृत्यु भएको छ । २७ वर्षीया आन्भी ३०० फिट अग्लो झरनाबाट बुधबार खसेकी थिइन् । 


उनको उद्धार गर्न सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्धारकर्ता खटिएका थिए । उद्धार गरेर ल्याउँदासम्म उनी जिवितै थिइन् । उपचारका लागि अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनी आफ्ना सात जना साथीसँग मनगाउँ जिल्लाको कुम्बे झरनामा पुगेकी थिइन् । रिल्स बनाउने क्रममा चिप्लिंदा उनी झरनामा परी ३०० फिट तल झरेकी थिइन् । 

इन्स्टाग्राममा दुई लाख ६० हजार बढी फलोअर भएकी कामदार विशेषगरी पर्यटन प्रवर्द्धन गर्ने इन्फ्ल्युन्सरका रूपमा परिचित थिइन् । त्यसबाहेक उनी 'डेलोइट' नामक प्रविधि कम्पनीमा चार्टर अकाउन्टेन्टको काम गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह