१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोर्न भिडिओको नक्कल गर्न खोज्दा ३ जना बालकले गरे ८ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या

३ श्रावण २०८१, बिहीबार ०८:२२

साउन ३, काठमाडौँ । भारतको आन्ध्र प्रदेशको नान्दयाल जिल्लामा ७ जुलाईका दिन तीन जना स्कुले बालकले एक आठ वर्षीय बालिकाको बलात्कारपछि हत्या गर्नुको पछाडिको कारण पोर्न भिडिओ रहेको पाइएको छ । ती बालकहरूले फोनमा पोर्न भिडिओ हेरेको र त्यस्तै कार्य दोहोर्‍याउन नाबालिकामाथि आक्रमण गरेको स्थानीय प्रहरीले जनाएको छ ।

यस किसिमको घटना मन्दिरमा भएको थियो । आरोपितका बुबा र काकाले आफ्ना बच्चाहरूमाथि मुद्दा चल्ने डरका कारण नाबालिकाको मृत शरीर दुई पाङ्ग्रेमा लगेर ढुङ्गा बाँधेर कृष्णा नदीमा फ्याँकेको नान्दयालका एसपी अधिराजसिंह रानाले बताएको इन्डिया टुडेले लेखेको छ ।


आरोपित मध्ये दुई जना १२ वर्षका छन्, जो ६ कक्षामा अध्ययनरत छन् । तेस्रो बालक भने ७ कक्षामा पढ्ने १३ वर्षका छन् । रानाले भनेका छन् कि ३ कक्षामा अध्ययनरत नाबालिका बलात्कार पछि हत्या गरेको अभियोगमा आरोपितहरूलाई १० जुलाईमा पक्राउ गरिएको थियो ।

उनका अनुसार ती बालकहरूले पीडितलाई फकाइफुल्याइ बलात्कार गरी घाँटी निमोठेका थिए ।

आरोपितहरूले नाबालिकाको मृत शरीर नालीमा राखेर आफ्ना आफन्तलाई जानकारी गराएको बताउँदै एसपीले भनेका छन्, "त्यसपछि यो मामिलामा जोडिएको पाइएपछि आरोपितका बुबा र काकालाई पनि पक्राउ गरिएको छ ।"

बालिकाको लास नभेटिएसम्म खोजी कार्य जारी राखिएको थियो । "आरोपितहरूलाई मङ्गलबार अदालतमा पेस गरिएको छ । खोजी कार्यमा ड्रोन र पानीभित्र खिच्नसक्ने क्यामेरा लगायतका सम्पूर्ण स्रोतसाधन लगाएका थियौं र त्यसमा एनडीआरएफ भनिएका जवानहरूको पनि सहयोग लिएका थियौं," उनले भनेका छन्, "खोजी कार्य अझै पनि चलिरहेको छ र शरीर नभेटिएसम्म जारी रहनेछ ।"

आन्ध्र प्रदेशका गृहमन्त्री भी अनन्तले भनेका छन् कि मुख्य मन्त्री एन चन्द्रबाबु नायडुले नाबालिका परिवारलाई १० लाख रुपैयाँ भारु क्षतिपूर्तिको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह