२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वगृहमन्त्री रविले वास्तै नगरेको भन्दै धरानका मेयर हर्कले हालका गृहमन्त्रीलाई पठाए पत्र

२०८१, ३ श्रावण बिहीबार ०९:००

साउन ३, काठमाडौँ । कार्यकक्षमा बोलाएर सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले गृहमन्त्री रमेश लेखकलाई पत्र पठाएका छन् । आफैंले दुर्व्यवहार गरेकी सञ्चारकर्मी संजिता धमलालाई कडा कानुनी कारबाही गर्न उनले गृहमन्त्री लेखकसँग माग गरेका हुन् ।

यही १९ असारमा एक सार्वजनिक कार्यक्रममा धमलाले धरानका जनप्रतिनिधिले मोटो रकम घूस लिएर नागरिकता सिफारिस गर्ने गरेको आरोप लगाएकी थिइन् । जनप्रतिनिधि निराधार आरोप लगाएको भन्दै मेयरले कार्यकक्षमा बोलाएर हप्कीदप्की गर्नुका साथै प्रहरीको जिम्मा लगाएका थिए । धमलाले पहाडबाट आउने महिलाहरूलाई समेत लाञ्छित गरेको उनले बताएका छन् ।


‘लगाएका आरोप पुष्टि हुने प्रमाणसहित आउन सके दोषीलाई कडा कानुनी कारबाहीको सिफारिस गर्ने वचन दिएकोमा २१ गते नगरप्रमुखको कार्यालयमा आई आफूले लगाएको आरोपको पुष्टि गर्ने प्रमाण दिएर सहयोग गर्नुको साटो सेवाग्राहीको सेवा पाउने समय र सरकारी कार्यालयको अनुशासन र मर्यादाको नियमविपरीत सार्वजनिकरूपमा शान्ति खलल् हुने गरी तल्लो स्तरको शब्दहरू प्रयोग गर्दै अति अभद्र शैलीमा करिब १ घण्टा निरन्तर होहल्ला गरेकाले कार्यालयमा सेवाग्राहीलाई दिनुपर्ने सेवामा प्रत्यक्ष असर परेको थियो’, गृहमन्त्रीलाई लेखेको पत्रमा हर्कले भनेका छन् । 

जनप्रतिनिधिलाई बिनाप्रमाण आरोप लगाएकोमा धमलालाई कारबाही गरदिन उनले अनुरोध गरेका छन् । यो घटनामा धरानका मेयर हर्कले दुर्व्यवहार गरेको भन्दै पत्रकारका विभिन्न संगठनले विज्ञप्ति निकालेका थिए । घटनाबारे छानबिन गर्न एक समिति नै बनेको छ । उक्त समितिले काम गरिरहेका बेला धरानका मेयरले गृहमन्त्रीलाई पत्र लेखेका हुन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु