१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जापान पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने पक्राउ

३ श्रावण २०८१, बिहीबार ११:३६

साउन ३, तनहुँ | वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् । 

थापाले तनहुँको भीमाद नगरपालिका-५ घरभई हाल कास्की जिल्लाको पोखरा महानगरपालिका-१ बगर निवासी ३८ वर्षकी रुपासरा रानालाई ठगी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई विश्वास दिलाई फेमिली भिसामा जापान पठाइदिन्छु भनी ठगी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता दीपककुमार रायले जानकारी दिनुभयो । 


प्रनाउ रायका अनुसार थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाई ७९ लाख ९७ हजार नौ सय १९ निकाली सकेपछि उजुरीको आधारमा थापालाई पक्राउ गरेको हो ।

प्रहरीले निजको साथबाट चार लाख ८० हजार र विभिन्न सात वटा बैङ्कको चेक बुक समेत बरामद भएको छ । थापालाई ठगी सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह