१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन जस्तो देखिने लेपन गरिएको साढे ४ किलो कपडासहित दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

३ श्रावण २०८१, बिहीबार ११:५९

साउन ३, काठमाडौँ । करिब साढे ४ किलो सुन जस्तो देखिने लेपन गरिएको कपडा सहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

बिहीबार दिउसो सवा १ बजेको समयमा एफ जेड ५७३ नम्बरको फ्लाई दुबईको उडानमार्फत दुबईबाट काठमाडौं आएका दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।


वर्ष ६२ विनयकुमार गोविन्दाभाई सागर र ५८ वर्षका जितेन्द्रकुरमा बालुभाई ढाकनलाई त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल भन्सार चेकिङ क्षेत्रपछि अन्तर्राष्ट्रिय आगमन टर्मिनल प्रवेशद्वारबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत विकले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार उनीहरूको झोला चेक गर्दा भन्सार छली लुकाएर ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको लेपन गरिएको कपडा सहित करिब साढे ४ किलोको सामान नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको सामान र उनीहरूलाई नियन्त्राणमा लिएर सोधपुछपछि अनुसन्धान र आवश्यक कारबाहीका लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइएको सूचना अधिकारी एसएसपी विकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह