साउन ४, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरको गेस्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भएका ३२ वर्षीय नवीन थापा र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका १९ वर्षीय उज्ज्वल खड्का छन् ।
नवीन थापा गेस्ट हाउस सञ्चालक हुन् । आर्थिक प्रलोभनमा पारेर गेस्ट हाउस सञ्चालकले वेश्यावृत्तिमा लगाउने गरेको मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । गेस्ट हाउसबाट ब्युरोले ६ जना बालिकालाई उद्धार गरेको छ । आरोपीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।