१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सक्किगोनि’ टिमले घोषणा गर्‍यो ‘लाज शरणम्’, को-को छन् कलाकार ?

४ श्रावण २०८१, शुक्रबार ०९:१३

साउन ४, काठमाडौँ । हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरेपछि फिल्म निर्माणमा आउने कलाकारहरुको समुह बढ्दो छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट सुरु भएको यो श्रृंखला दीपकराज गिरी र दीपाश्री निरौला हुँदै अब ‘सक्किगोनि’ का कुमार कट्टेल र अर्जुन घिमिरेसम्म आइपुगेको छ । यो समुहले शुक्रबार एक कार्यक्रमका बीच पहिलो फिल्मको रुपमा ‘लाज शरणम्’ को औपचारिक घोषणा गर्‍यो ।


गत फागुनमा पोस्टरमार्फत् फिल्मको नाम सार्वजनिक गरिएको थियो । तर, निर्देशकसहित कलाकारहरुको नाम खुलाइएको थिएन । शुक्रबार घोषणा कार्यक्रममा कुमार कट्टेल (जिग्री) ले फिल्मको निर्देशन गर्ने जानकारी गराइयो । यसमा उनी स्वयंको लेखन छ । कुमारले यसअघि ‘भद्रगोल’ र अहिले ‘सक्किगोनि’मा पनि अभिनयसहित लेखन र निर्देशनको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।

महाशिवरात्रीको दिन पारेर आगामी फागुन १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा ‘सक्किगोनि’ टेलिश्रृंखलाबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ) छन् भने अन्य कलाकारहरुमा मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बू छन् । कुमारको भने अभिनय रहने वा नरहने तय छैन । यद्यपि, उनको केमियो भूमिका हुनसक्ने सम्भावना प्रवल छ ।

सुदीप बरालको छायांकन रहने फिल्मको निर्मातामा नविन श्रेष्ठ र सह-निर्मातामा नरेश शाह छन् । आगामी भदौपछि छायांकन हुन लागेको फिल्मले समसामयिक विषय उठाउनेछ । फिल्मको घोषणा कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा हरिवंश आचार्य, दीपाश्री निरौला, केदार घिमिरे लगायतका थुप्रै कलाकारहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह