१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय, विभागले दियो चेतावनी

४ श्रावण २०८१, शुक्रबार १०:४१

साउन ४, काठमाडौँ । इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

त्यसका लागि वैदेशिक रोजगार विभागमा विभिन्न गिरोहले पैसा उठाउँदै हिँडेको भन्दै गुनासो पुगेको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) को लागि पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको हो ।

महानिर्देशक डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा रकम असुली गरेको भन्ने जानकारी आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाए । कतिपय व्यक्ति/समूहबाट छनौट प्रक्रियाबारे समेत भ्रामक सूचना फैलाइरहेको बताउँदै त्यस्ता गलत र भ्रामक कार्यमा संलग्न नहुन, विभागको आधिकारिक सूचनालाई आधार मान्न अनुरोध गरेको छ ।

रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरूबाट देखाइएको प्रलोभनमा नपर्न समेत सबैमा अनुरोध गरेको छ । विभागले इजरायलमा केयरगिभरका लागि ८०० जनाको विज्ञापन आह्वान गरेको थियो । विभागले कामदार पठाउने प्रक्रिया जी टु जी अन्तर्गत पर्ने भएकाले छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने जनाएको छ ।

ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको समेत विभागले जनाएको छ । यस्ता कार्यहरू भए/गरेको जानकारी भएमा जानकारी दिन समेत विभागले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह