१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिभुवन विमानस्थलबाट भन्सार छली लैजान लागेको ५२ ग्राम सुनसहित तीनजना पक्राउ

५ श्रावण २०८१, शनिबार ०३:०५

साउन ५, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले भन्सार छली लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाग्लुङ, बाग्लुङ नगरपालिका–४ का ३६ वर्षीय शम्शेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ का ३६ वर्षीय नुमबहादुर थापामगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ का ४३ वर्षीय साहेव देवन रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार हिमालयन एयरलाइन्सको उडानद्वारा नेपाल आएका शम्शेर र नुम बहादुरलाई जनही रु ९ ÷९  हजार दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त धातु साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूका साथबाट प्रहरीले बाला दुई थान, औँठी एक थान र चन्द्र विन्दु एक थानसहित विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रवक्ता कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह