१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहकरी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौं- प्रधानमन्त्री ओली

६ श्रावण २०८१, आईतवार ०८:३८

साउन ६,  काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारका पाँच प्राथमिकता रहेको बताएका छन् ।

उनले सरकारको प्राथमिकता थालनी गरेका काम समाप्त गर्ने रहेको बताए । उनले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई नै परिवर्तन गर्ने बताए । उनले नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडी बढ्ने नीति बनाउने बताए ।


त्यस्तै प्रधानमन्त्रीले व्यवसाय मैत्री वातावारण बनाउने बताए ।  उनले सहकारीको नियमन गर्ने र बचत परिचालन गर्ने बताए । प्रधानमन्त्रीले लगानी जुटाउन विभिन्न कदम चाल्ने बताउने वैकल्पिक स्रोतको परिचालन गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विकासको ढाँचा परिवर्तन नगरेसम्म विकासमा फड्को मार्न नसकिने बताउदै सूचना सूचना प्रविधि, पर्यटनलाई आर्थिक विकासको प्रमुख अधार बनाउने बताए ।

उनले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाएर कृषि उत्पादनको निर्यात गर्ने बताए । उनले कृषिलाई अर्थतन्त्र मुख्य आधार बनाउने बताउने बताए । कुनै पनि बालबालिका भोकै बस्नु नपर्ने बताउदै प्रधानमन्त्रीले सरकारले यसबारे कदम उठाइसकेको बताए ।

उनले आफुहरुले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताउदै सबै कालखण्डका प्रकरणको छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहकारी ठगि गर्नेलाई कारवाही गर्ने बताउदै सुशासनका लागि स्टन्ट नगर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह