१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वमन्त्रीले घुस दिएको प्रकरण अख्तियारको नोटिसमा, छानबिनमा पुष्टि भए उनैलाई कारबाही हुनसक्ने !

६ श्रावण २०८१, आईतवार ११:५७

साउन ६,  काठमाडौँ । पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोले आफूले ५ हजार रुपैयाँ घुस दिएर काम गराएको खुलासा गरेपछि अख्तियारले ‘घटना नोटिसमा रहेको’ बताएको छ । घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दा चलाउँदै आएको अख्तियारले यस भनाइबारे पनि  छानबिन गर्ने बताएको छ ।

प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा पूर्वमन्त्री महतोले शिक्षामन्त्रालय अन्तरगर्त सानो ठीमीमा ५ जार रुपैयाँ घुस दिएको आएको घोषणा गरेका छन् ।

उनको यो भनाइपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले भने, ‘‘सार्वजनिक रुपमा कसैले घुस दिएको कुरा गर्छ भने त्यो हाम्रो नोटिसमा रहन्छ । छानबिनको विषय पनि बन्न सक्छ । संसदमा बोलेको कुरा भएका हाम्रो माननीयज्यूहरू (आयुक्त)को पनि ध्यानाकर्षण होला । यसमा छानबिन हुनेछ ।’’

यसअघि अख्तियारले घुस लिने कर्मचारीसँगै घुस दिनेलाईसमेत भ्रष्टाचार मुद्दामा चलाउँदै आएको थियो । विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको पनि थियो ।

तर, पूर्वमन्त्री तथा सांसद महतोले घुस दिएको कुरा संसदमा बताएकाले संसदमा बोलेको कुरामा कारबाही नहुन सक्ने कानुन छ । यसमा कतिपयले भने सम्बन्धित व्यक्तिको नैतिकताको कुरा भएको बताएका छन् । कतिपयले घुस खुवाउनेलाई पनि कारबाही नै हुनसक्ने दाबी गरेका छन् ।

महतोले के भनेका थिए

‘‘म एउटा सानो उदाहरण दिन चाहन्छु म भूपूमन्त्री मैले हिजो शिक्षामन्त्रालयको सानो ठीमीमा ५ हजार रुपैयाँ घुस दिएर आको छु । कसले पत्याउँछ । पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म काम गर्दिएनन्, यो मिलेन त्यो मिलेन भनियो । किन मिलेन के भएन भन्दा सबै कागज मिलेको छ । म आफैँ गएँ । म जाँदा एउटा अधिकृतले के भन्यो भने भाइ भर्खरै १० वटा विद्यार्थीलाई तिमिले गरेका छौ, यो एउटा किन गरेनौ भन्दाखेरी होइन यो चिया खाने टाइम हो भनेर गए । ४ बजेसम्म आएनन् । एउटा बिचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ पाँच मिनेटमा काम गराएर ल्याएँ । अनि हामी सुशासनको कुरा गछौँ भ्रष्टचारको कुरा गछौँ ।’’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह