१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रिया भन्छिन्– सुशान्तको मृत्युपछि मलाई बोक्सी भनियो

७ श्रावण २०८१, सोमबार १०:०७

साउन ७,  मुम्बई । दिवङ्गत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युमा रिया चक्रवर्तीलाई जिम्मेवार ठहराइएको थियो । सुशान्त सिंहको आत्महत्यापछि लागु औषध मुद्दामा ८ सेप्टेम्बर २०२० मा रियालाई पक्राउ गरिएको थियो । उनलाई २८ दिन भायकुला जेलमा राखियो।

हालै रियाले यी घटनाबारे आफ्नो धारणा राखेकी छिन् । उनले अब फिल्ममा काम नगर्ने बताइन् । उनी अहिले मोटिभेसनल स्पिकिङ जस्ता काम गरेर पैसा कमाउँछिन्।


आज पनि कतिपयले आफूले कालो जादु गर्छिन् भन्ने सोच्ने जबकि कतिपयले उनी साहसी महिला हुन् भन्ने विश्वास गर्ने रियाले बताइन् । शनिबार रियाले आफ्नो नयाँ पोडकास्ट च्याप्टर २ लन्च गरिन् । पोडकास्टले उनको जीवनको वर्तमान अवस्था झल्काउँछ। रियाको यो पोडकास्टमा अभिनेत्री सुस्मिता सेन अतिथिको रूपमा आएकी थिइन् ।

उनको उपस्थितिमा रियाले भनिन्– अहिले म जीविकोपार्जनका लागि के गर्छु भन्ने भ्रममा मानिसहरू परेका छन् । म फिल्ममा अभिनय गर्दिन । म मोटिभेसनल स्पिकिङ जस्ता काम गरेर पैसा कमाउँदैछु।

रियाले थप भनिन्, ‘मेरो अध्याय १ सबैलाई थाहा छ । मैले जीवनका विभिन्न चरण पार गरेकी छु । अब म पुनर्जन्म पाएको महसुस गर्छु।’ 

‘मानिसलाई आफ्नो व्यक्तित्वमा समस्या हुन्छ, जुन उनीहरू आफैँले बनाएका हुन्,’ उनले भनिन्, ‘कतिपयलाई लाग्छ– मैले केही गरेको हुँ, म बोक्सी हुँ, कालो जादु गर्छिन् । जबकि कतिपयलाई लाग्छ– म बलियो केटी हुँ, साहसी छु ।’

‘तर, अब यी कुराले फरक पार्नु हुँदैन भन्ने बुझेकी छु । तपाईंलाई माया गर्ने मानिसहरू महान् छन्। तपाईंलाई घृणा गर्नेहरू पनि ठिक छन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह