१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वराज्य मन्त्री हत्या प्रकरण : बाँसको झाङमा भेटियो हतियार

७ श्रावण २०८१, सोमबार ११:०२

साउन ७,  काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा प्रयोग भएको हतियार भेटिएको छ । रायको चन्द्रपुर गाउँपालिका–१ स्थित घरबाट उत्तरपश्चिम तर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा हतियार भेटिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी दीपक श्रेष्ठले हत्यामा प्रयोग भएको हतियार भेटिएको बताए । उनका अनुसार घरेलु हतियार फरसा भेटिएको छ । रगतले लत्पतिएको अवस्थामा बाँसको झाङमा हतियार भेटिएकाले रायको हत्यामा उक्त हतियार प्रयोग भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।


८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए । हत्या भएको आइतबार राति उनको घरमा तीन जनाको समूह जग्गाको विवाद मिलाइदिन भन्दै आइपुगेको समेत पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेका छन् । रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह