१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिला एसिया कप क्रिकेट : चामरीको कीर्तिमानी ब्याटिङसँगै श्रीलंकाले मलेसियालाई हरायो

७ श्रावण २०८१, सोमबार १२:०४

साउन ७,  काठमाडौँ । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता सोमबार सम्पन्न खेलमा टेस्ट राष्ट्र श्रीलंकाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मलेसियामाथि एक सय ४४ रनको सजिलो जित हात पारेको छ ।

समूह ‘बी’ मा लगातार दुई जितसँगै श्रीलंकाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । श्रीलंकाले आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो । मलेसिया भने लगातार दोस्रो हारसँगै उपाधि होडबाट बाहिरिएको छ । मलेसिया आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग २२ रनले पराजित भएको थियो ।

सोमबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयोजक राष्ट्र श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने १९.५ ओभरमा अलआउट हुनुअघि ४० रनमात्र बनाउन सक्यो ।


श्रीलंकाका लागि ओपनर ब्याट्र चामरी आथापाथ्थुले अविजित एक सय १९ रनको योगदान गरिन् । टोलीकी कप्तानसमेत रहेकी चामरीले केवल ६९ बलको सामना गरी सात छक्का र १४ वटा चौका पनि प्रहार गरेकी थिइन् ।

चामरी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा शतक प्रहार गर्ने विश्वकै तेस्रो खेलाडी पनि बनेकी छन् । यसअघि तान्जिनियाकी फातुमा ओमारी किबासु र संयुक्त अरब इमिरेट्स (यूएई)की एसा ओजाले मात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा शतक बनाउन सकेका थिए ।

विकेटकिपर ब्याटर अनुष्का सञ्जिवनीले पनि टोलीको खातामा ३१ रन थपिन् । उनले केवल २४ बलको सामना गरी चार चौका पनि हिर्काइन् । हर्षिथा सामराबिक्रमाले पनि २६ रन बनाइन् । उनले २३ बलमा पाँच चौका प्रहार गरेकी थिइन् । मलेसियाकी बलर विनिफ्रेड दुराइसिंगमले दुई विकेट लिइन् ।

जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाका कुनै पनि ब्याट्र लामो समय क्रिजमा टिक्न सकेनन् । एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । अन्य ब्याट्सरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आइना नजवाले अविजित नौ रन बटुलिन् ।

श्रीलंकाली टोलीकी बलर साशिनी जिमहानीले तीन विकेट लिइन् । कविसा दिलहरी र काव्या काबिन्दीले पनि दुई–दुई विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह