१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्लोबल टी- २०: सन्दीपको टीममा भित्रिए हेन्ड्रिक्स र ख्वाजा, कप्तान चयन बाँकी

८ श्रावण २०८१, मंगलवार ०६:४६

साउन ८, काठमाडौँ । क्यानाडामा आयोजना हुने ग्लोबल टि २० को एक फ्रेन्चाइज भ्यानकुभर नाइट्सले टिममा दुई विश्वस्तरीय ब्याट्सम्यानलाई अनुवन्धित गरेको छ । साउथ अफ्रिकाका रिजा हेन्ड्रीक्स र अष्ट्रेलियाका उस्मान ख्वाजा अन्तिम समयमा टीममा भित्रिएका हुन् ।

पाकिस्तानका दुई स्टार मोहम्मद रिजवान र बाबर आजमले क्रिकेट बोर्डबाट अनुमति नपाएपछि क्यानाडा जान रोकिएका थिए । उनीहरुको स्थानमा हेन्ड्रिक्स र ख्वाजालाई ल्याइएको हो ।

भ्यानकुभरले टीमको कप्तान भने छनोट गर्न बाँकी छ । यसअघि रिजवानलाई कप्तान बनाइएकोमा उनी आउन नपाएपछि नयाँ कप्तान चयन गर्नुपर्ने भएको हो ।


नेपालका दुई स्टार सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी पनि भ्याकुभरबाट खेल्दैछन् । सन्दीप हिजो नै क्यानाडा प्रस्थान गरिसकेका छन् । नयाँ कप्तानमा सन्दीपको नाम चर्चामा छ । यद्यपि, हेन्ड्रिक र ख्वाजा आएपछि उनीहरुमध्ये एकजनालाई कप्तान बनाउन सक्ने सम्भावना पनि बढेको छ ।

हेन्ड्रिक्सले साउथ अफ्रिकाबाट ३४ एक दिवसीय र ६८ टि २० खेलेका छन् । टि २० मा उनको उच्च स्कोर ८७ रन छ भने १५ वटा र्असतक प्रहार गरेका छन् । उनको स्ट्राइक रेट १२९।१२ रहेको छ ।

हालैको टि २० विश्वकपमा पनि उनी साउथ अफ्रिका टिमका ओपनर थिए । तर, राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनको स्लो स्ट्राइक रेटको आलोचना भएको थियो ।

ख्वाजा भने अष्ट्रेलियाका टेस्ट ओपनर हुन् । पाकिस्तानी मूलका यी ३७ वर्षिय खेलाडीले अष्ट्रेलियाबाट ७३ टेस्ट र ४० वटा एकदिवसीय म्याच खेल्दा टि २० भने ९ वटा मात्रै खेलेका छन् ।

टेस्टमा उनले अष्ट्रेलियाका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टी २० मा भने उनी खासै सफल छैनन् । उनले एउटा टि २० अर्धसतक बनाएका छन् । उनको उच्च टि २० स्कोर ५८ रन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह