२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरी हुँ भन्दै रकम मागेको आरोपमा एकजना पक्राउ

२०८१, ८ श्रावण मंगलवार ०८:०१

साउन ८, काठमाडौँ । प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्री रहेका छन् । क्षेत्रीले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी विभिन्न व्यक्तिहरुसँग रकम माग गरेको पाइएको कास्कीका एसपी मोहनकुमार थापाले बताए ।


‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईंहरूको केही काम छ भने भन्नुहोस गरिदिन्छु,’ भनी रकम माग गरेको भन्ने सूचनाको आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले आइतबार पोखराकै लामाचौरबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु