२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँमा निस्सासिएर दिदी-बहिनीको मृत्यु

२०८१, ८ श्रावण मंगलवार ०८:३०

साउन ८, काठमाडौँ । जुम्लामा धुवाँमा निस्सासिएर दिदी–बहिनीको मृत्यु भएको छ।

सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएर पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया महताराको मृत्यु भएको हो।

मायालक्ष्मी ११ दिनकी सुत्केरी थिइन्। सुत्केरी स्याहारका लागि जुनमाया दिदीकोमा गएकी थिइन्।

मायालक्ष्मी सदरमुकाम रहेको चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बस्दै आएकी थिइन्। आइतबार राति धुवाँमा निस्सासिएर बेहोस भएका उनीहरूलाई सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।

प्रतिष्ठानले मायालक्ष्मीलाई सोमबार नै मृत घोषणा गरेको थियो। उनकी बहिनी जुनमायामा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए।

उनका अनुसार मायालक्ष्मीको ११ दिनको बच्चा भने सकुशल छन्।

‘कोइला बालेर झ्यालहरू पनि बन्द गरेर सुतेका रहेछन्, भेन्टिलेटर नहुँदा उनीहरू बेहोस भएका हुन्,’ कामतीले भने, ‘बच्चा भने भुइँमा ब्ल्यांकेट ओछ्याएर सुताइएको थियो, बच्चा सकुशल छन्, बिसञ्चो भने देखिएको छ।’

शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको उनले जानकारी दिए।

बच्चालाई प्रतिष्ठानको एनआइसियूमा राखेर उपचार भइरहेको उनले बताए। सोमबार बिहान अबेरसम्म दुवै दिदी-बहिनी नउठेपछि आफन्तले ढोका फोरेर हेर्दा उनीहरू निस्सासिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक कामतीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु