१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँमा निस्सासिएर दिदी-बहिनीको मृत्यु

८ श्रावण २०८१, मंगलवार ०८:३०

साउन ८, काठमाडौँ । जुम्लामा धुवाँमा निस्सासिएर दिदी–बहिनीको मृत्यु भएको छ।

सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएर पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया महताराको मृत्यु भएको हो।

मायालक्ष्मी ११ दिनकी सुत्केरी थिइन्। सुत्केरी स्याहारका लागि जुनमाया दिदीकोमा गएकी थिइन्।

मायालक्ष्मी सदरमुकाम रहेको चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बस्दै आएकी थिइन्। आइतबार राति धुवाँमा निस्सासिएर बेहोस भएका उनीहरूलाई सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।

प्रतिष्ठानले मायालक्ष्मीलाई सोमबार नै मृत घोषणा गरेको थियो। उनकी बहिनी जुनमायामा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिए।

उनका अनुसार मायालक्ष्मीको ११ दिनको बच्चा भने सकुशल छन्।

‘कोइला बालेर झ्यालहरू पनि बन्द गरेर सुतेका रहेछन्, भेन्टिलेटर नहुँदा उनीहरू बेहोस भएका हुन्,’ कामतीले भने, ‘बच्चा भने भुइँमा ब्ल्यांकेट ओछ्याएर सुताइएको थियो, बच्चा सकुशल छन्, बिसञ्चो भने देखिएको छ।’

शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको उनले जानकारी दिए।

बच्चालाई प्रतिष्ठानको एनआइसियूमा राखेर उपचार भइरहेको उनले बताए। सोमबार बिहान अबेरसम्म दुवै दिदी-बहिनी नउठेपछि आफन्तले ढोका फोरेर हेर्दा उनीहरू निस्सासिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक कामतीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह