२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सौर्य एयरलाइन्स दुर्घटना: पोस्टमर्टम गरेर शव ७२ घन्टापछि आफन्तलाई बुझाइने

२०८१, ९ श्रावण बुधबार १०:०२

साउन ९, काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम बुधबारदेखि सुरू गरिने भएको छ।

दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। 

सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरातर्फ उडेको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको थियो। जहाजमा चालक दलका सदस्यसहित १९ जना थिए। क्याप्टेन मनीष शाक्यबाहेक अरूको मृत्यु भएको छ।

जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ। केहीबेरमा पोस्टमर्टम सुरू गरिने त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभाग फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले सेतोपाटीलाई जानकारी दिए।

उनकाअनुसार एउटा शव पोस्टमर्टम गर्नका लागि न्यूनतम ४ घन्टा लाग्छ। काठमाडौंसँगै ललितपुर, भक्तपुर र धुलिखेल अस्पतालका पोस्टमर्टम डाक्टरलाई महाराजगन्जमा बोलाइएको छ। 

'२५ जनाको टोलीले पोस्टमर्टम गर्ने तयारी गरेको छ। पोस्टमर्टम गरेको ७२ घन्टापछि मात्र मृतकको परिवारले शव बुझ्न पाउँछन्,' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु