१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भीमेश्वर मन्दिरको शिलामा पुरै भाग ओगटेर आयो पसिना, अनिष्ट हुने मान्यता

९ श्रावण २०८१, बुधबार १०:१९

साउन ९, दोलखा  | भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १२: ४५ देखि ‘पसिना’ आएको बताए ।

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा मुलुकमा कुनै न कुनै अनिष्ट हुँदै आएको जनविश्वास छ । 

यसअघि श्रावण ५ गते शनिबार दिउँसो १:४७ बाट शिलामा पसिना आएको थियो । शिलामा यो पटक पुरै भाग ओगटेर पसिना आएको श्रेष्ठले बताए । गएकाे शनिबार भने शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको थियो ।


यसअघि २०७७ सालकाे फागुनमा काेराेना अघि भीमेश्वरको शिलामा पुरै भागमा ‘पसिना’ आएकाे उनले बताए । शिलामा पसिना आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका साथै मन्दिरका मुख्य व्यक्तिहरुले शिलामा पंखाले हम्किने गरिरहेका श्रेष्ठले बताए ।

भीमेश्वरको शिला (चट्टान) मा कालो पानीको थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको भन्ने जनविश्वास छ । शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठुलो भीड मन्दिरमा लागेको छ । मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीय र मन्दिर व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

‘पसिना’ आएको खबर लगत्तै जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना लगायतका प्रमुख तथा प्रतिनिधि मन्दिरमा पुगेका थिए । भीमेश्वरको शिलामा पसिना आएमा भविष्य सूचक संकेतका रुपमा लिन जनविश्वास रहेको छ । 

९० सालमा पहिलोपटक भीमेश्वरलाई पसिना आउँदा नेपालमा महाभूकम्प आएको स्मरण गरिएको छ । त्यतिबेला तत्कालिन राजाबाट नै क्षमापूजा गर्ने गरिएको थियो । गणतन्त्र स्थापनापछि भने राष्ट्रपतिबाट क्षमापूजा गरिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह