आज बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश एयरलाइन्सकै कर्मचारी हुन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आज बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश एयरलाइन्सकै कर्मचारी हुन् ।

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंमा मर्मत नगरेर किन पोखरा जाँदै थियो सौर्यको जहाज?

९ श्रावण २०८१, बुधबार ११:४६

साउन ९, काठमाडौँ । आज बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट मर्मतका लागि पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भयो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश एयरलाइन्सकै कर्मचारी हुन् ।

जहाजको इन्जिन मर्मतको लागि पोखरा लैजान लागिएको एयरलाइन्सले जनाएको छ । काठमाडौंमा मर्मत नगरेर पोखरा लैजानुको कारणबारे हामीले त्रिभुन विमानस्थलका प्रवक्ता सुवाष झासँग सोध्यौं । उनले सौर्यको विमानस्थलमा आफ्नै ह्याङ्गर नभएकाले पोखरा लैजानु परेको बताए ।

उनले भने, ‘काठमाडौंको त्रिभुन विमानस्थलमा ठाउँ सानो छ । सौर्य एरयलाइन्सको आफ्नै ह्यांगर पनि छैन । पोखरामा ठूलो ठाउँ र खाली पनि छ । त्यसैले पोखरा लैजान खोजिएको थियो ।’

झाका अनुसार विमानस्थललाई जहाजले तिर्ने शुल्क काठमाडौं र पोखरामा खासै फरक छैन । मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य रहेको उनले बताए ।

विज्ञका अनुसार विमानको मर्मत ४ प्रकारका हुन्छन् । ‘ए’ देखि ‘डी’सम्म विभिन्न प्रकृतिका मर्मत गरिन्छन् । ‘सी चेक’ डेढदेखि २ वर्षको अन्तरमा अनिवार्य गर्नुपर्ने हुन्छ । यसमा विमानका पार्टपुर्जाको सूक्ष्म मर्मत गरिने जानकारहरू बताउँछन् । वायर, प्रणाली र संरचनाको सूक्ष्म निरीक्षण गरेर बिग्रेको भए मर्मत गर्ने र आवश्यक परे नयाँ सामान फेर्ने काम ‘सी चेक’मा हुन्छ । 

दुर्घटनामा परेको विमान ‘सी चेक’ जाँचका लागि प्राविधिक र कर्मचारीको टिम लिएर पोखराका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह