२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यसै वर्ष विवाह गर्ने तयारीमा थिए को-पाइलट सुशान्त

१० श्रावण २०८१, बिहीबार ०८:०३

साउन १०, काठमाडौँ । सौर्य एयरलाइन्सका को-पाइलट सुशान्त कटुवाल यसै वर्ष विवाह गर्ने तयारीमा थिए। मोरङको विराटनगर- ३ का स्थायी वासिन्दा कटुवाल पूर्व जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालका एकमात्र छोरा हुन्। 

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा परेर अन्य १७ यात्रुसँगै २८ वर्षीय कटुवाले पनि संसार छाडेका छन्। 

‘ओमबहादुर सरका एक छोरा र एक छोरी थिए। सुशान्तकी बहिनी अस्ट्रेलियामा छिन्,’ विराटनगर महानगरपालिका- ३ का वडाध्यक्ष वासु बस्नेतले भने, ‘बुवा–आमा छोरीलाई भेट्न अस्ट्रेलिया गएको बेला यता जहाज दुर्घटनामा ओमबहादुर सरका एकमात्र छोरा सुशान्त वितेका छन्। साह्रै दुःखद् घटना भयो।’


सुशान्त क्याप्टेन हुने लाइनमा थिए। चार वर्षअघि मात्रै क्यानाडाबाट पाइलटको कोर्स पूरा गरेर उनी नेपाल फर्किएका थिए। २ वर्षअघिदेखि उनले सौर्य एयरमा कोपाइलटको काम सुरु गरेका थिए। 

सुशान्त पढाईको क्रममा विदेशमा रहँदासम्म कटुवाल परिवार विराटनगर- ३ उदयमार्गस्थित घरमै बस्थे। तर छोरो कोपाइलट भएपछि उनीहरु पनि छोरासँगै बस्न भक्तपुर आएका थिए। हाल कटुवाल परिवार भक्तपुरको राधेराधेमा डेरामा बस्दै आएका थिए। हाल ओमबहादुर सेवाबाट निवृत्त भइसकेका छन्। 

‘केही वर्षदेखि उहाँहरुको विराटनगरको घर भाडामा छ। कहिले काहीँ मात्रै उहाँहरु यता आउनु हुन्थ्यो,’ वडाध्यक्ष बस्नेतले भने। ओमबहादुरका परिवार पछिल्लो समय भक्तपुरमा बस्दै आए पनि उनका धेरै आफन्त अहिले विराटनगरमै छन्।

विमान दुर्घटनामा सुशान्तको निधनले कटुवाल परिवारमा ठूलो वज्रपात परेको ओमबहादुर कटुवालका साथीसमेत रहेका सर्लाहीको ईश्वरपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि दाहालले बताए। 

‘छोरो पाइलट भएपछि कटुवाल परिवारमा खुशीयाली थियो। विवाह गर्ने तयारीमा रहेको छोराको निधनले कटुवाल परिवारमा ठूलो शोक परेको छ,’ दाहालले भने।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लस एन्जलस क्षेत्रमा आगलागी: नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु