१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसिया कप खेलेर फर्कियो महिला टीम, कप्तान इन्दु भन्छिन्- हामीले सुधार गर्नुपर्ने धेरै छ

१० श्रावण २०८१, बिहीबार ०८:१७

साउन १०, काठमाडौँ । श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।

प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो ।

समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो ।


कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको बताइन् । प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरु महसुस भएको उनको भनाइ छ ।

इन्दु भन्छिन्:

टुर्नामेन्ट सुखद र रोमाञ्चक भयो । यति ठूलो प्लेटफर्ममा खेल्न पाउनु नै ठूला कुरा थियो । हामीले खेल्न सक्छौँ भन्ने सन्देश गएको छ ।

यूएईसँग कसरी हुन्छ जित चाहिन्छ भन्ने थियो । त्यसपछि पाकिस्तानलाई कडा फाइट दिने रणनीति बनाएका थियौँ । हामीले सक्दो प्रयास गरेको हो । टेस्ट नेसनहरुलाई फाइट दिँदा चैँ हामीले पोटेन्सीयल देखाउन सक्यौँ जस्तो लाग्छ ।

हाम्रो धेरै कमजोरीहरू छन् । अझै मिहिनेत गर्नुपर्ने छ । धेरै कुरा सिक्यौँ । फ्लड लाइटमा खेल्दा त्यस्तो फरक परेन । यसलाई एक्स्क्युज बनाउन चाहन्न । टी-२० गेमको बेलामा प्रेस हुन्छ । फ्लड लाइटले ठूलो फरक पर्दैन ।

धेरै वर्षपछि हामीले यूएईलाई बिट गर्न सक्यौँ । बेस्ट मोमेन्ट त्यही हो जस्तो लाग्छ । भारतीय खेलाडीहरूसँग कसरी प्रेसर ह्यान्डल गर्ने, फिटनेस कसरी मेन्टेन गर्ने भनेर कुराकानी गरेँ ।

हामीले सुधार गर्नुपर्ने चिज धेरै छ । बलिङ, ब्याटिङ, फिल्डिङमा सबै पक्षमा सुधार गर्नुपर्ने छ । हामीले अझै मिहिनेत गरेर सुधार गर्दै गयौँ भने ठूला टीमलाई बिट गर्न सक्छौँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह