१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई साथ सहयोग गर्छौं : सौर्य एयरलाइन्स

११ श्रावण २०८१, शुक्रबार ०९:३९

साउन ११, काठमाडौं । सौर्य एयरलाइन्सले जहाज दुर्घटनामा स्थापनाकालदेखि काम गर्दै आएका सहयोगीहरू गुमाएकोमा दु:ख व्यक्त गर्दै परिवारजनलाई कम्पनीकोतर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको छ ।

एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका कर्मचारी र सहयोगीहरुको निधनले आफूहरु भावविह्वल बनेको बताए ।


'सौर्य एयरलाइन्स प्रा.लि. को स्थापनाकाल देखि एउटै परिवारको रुपमा रही काम गर्दै आएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरुको मिति २०८१/०४/०९ गते अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत हुनु भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौं' विज्ञप्तिमामार्फत् अध्यक्ष पोखरेलले भनेका छन्, 'यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्नँ। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौं।'

सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनीयता आर्जनका लागि उनीहरूले निष्ठापूर्वक योगदान गरेको विज्ञप्तिमा छ । 'पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । साथै, यस दुर्घटनामा परी बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं,' विज्ञप्तिमा छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह