१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौं महानगरमा २ हजार ८५९ जना विद्यार्थीले पाए छात्रवृत्ति

१३ श्रावण २०८१, आईतवार ०८:२३

साउन १३, काठमाडौं | काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।

काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।

यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइसकिएको महानगरले जनाएको  छ। यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको महानगरले भनेको छ। विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो शिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् ।


साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको महागरले जनाएको छ ।

नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना गर्न महानगरले आग्रह गरेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा भन्छन्, ‘कतिपय विद्यालयहरुले भर्ना, प्रयोगशाला शुल्क माग गरेको गुनासो आएको छ। हामी यस विषयमा जानकारी लिँदैछौँ।’

विभागले विद्यालयले शुल्क माग गरेकोसहित भर्नामा कुनै समस्या भए तत्काल सम्पर्क गर्न कार्यालय र शिक्षा अधिकृतहरुको नम्बर उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह