२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाहसंस्कार गरी जमिनमा गाडिएको शवकाे प्रहरीले निकाल्याे

२०८१, १३ श्रावण आईतवार ०९:२४

साउन १३, काठमाडौं | दाहसंस्कार गरी जमिनमा गाडिएको शव प्रहरीले उत्खनन् गरेको छ । आत्महत्याका कारण मृत्यु भएको भनी परिवारका सदस्यले हत्तारमा गाडेको शव शंकाश्पद देखिएपछि फेरि निकालिएको हो ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँ बस्ने ४५ वर्षीया रनमाया गुरुङ गत साउन ४ गते राति १० बजे आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनापश्चात् मृतकका श्रीमान ४६ वर्षीय मारज गुरुङले पत्नीको आत्महत्या भएको बताएका थिए । 


त्यसपछि स्थानीयसमेत भेला भई उक्त घटनालाई आत्महत्या नै भनी भोलिपल्ट जातीय परम्पराअनुसार सदगत गरिएको थियो । तर, घटना शंकास्पद रहेको भन्दै रनमायाका दाइ सुकपाल गुरुङले साउन १० गते प्रहरी चौकी सौरापानीमा जाहेरी दर्ता गराएपछि शव उत्खनन् गरिएको हो । शव गाड्नुअघि खिचेको तस्बीरमा मृतकको शरीरमा चोटपटकको दाग देखिएको उनको दाबी छ । 

जिल्ला प्रहरी कार्यालय गोरखा र मातहतबाट खटिएको टोलीले अस्ति शव झिकेर पोष्टमार्टमका लागि महाराजगञ्जस्थित फरेन्सिक मेडिसिन विभाग पठाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई