१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाहसंस्कार गरी जमिनमा गाडिएको शवकाे प्रहरीले निकाल्याे

१३ श्रावण २०८१, आईतवार ०९:२४

साउन १३, काठमाडौं | दाहसंस्कार गरी जमिनमा गाडिएको शव प्रहरीले उत्खनन् गरेको छ । आत्महत्याका कारण मृत्यु भएको भनी परिवारका सदस्यले हत्तारमा गाडेको शव शंकाश्पद देखिएपछि फेरि निकालिएको हो ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँ बस्ने ४५ वर्षीया रनमाया गुरुङ गत साउन ४ गते राति १० बजे आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनापश्चात् मृतकका श्रीमान ४६ वर्षीय मारज गुरुङले पत्नीको आत्महत्या भएको बताएका थिए । 


त्यसपछि स्थानीयसमेत भेला भई उक्त घटनालाई आत्महत्या नै भनी भोलिपल्ट जातीय परम्पराअनुसार सदगत गरिएको थियो । तर, घटना शंकास्पद रहेको भन्दै रनमायाका दाइ सुकपाल गुरुङले साउन १० गते प्रहरी चौकी सौरापानीमा जाहेरी दर्ता गराएपछि शव उत्खनन् गरिएको हो । शव गाड्नुअघि खिचेको तस्बीरमा मृतकको शरीरमा चोटपटकको दाग देखिएको उनको दाबी छ । 

जिल्ला प्रहरी कार्यालय गोरखा र मातहतबाट खटिएको टोलीले अस्ति शव झिकेर पोष्टमार्टमका लागि महाराजगञ्जस्थित फरेन्सिक मेडिसिन विभाग पठाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह