२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भत्ता रकम लुट्न ७५ वर्षीया वृद्धाकाे खुकुरी हानी हत्या

२०८१, १३ श्रावण आईतवार १२:२०

साउन १३, काठमाडौँ । दोलखाको कालिञ्चोक गाउँपालिका– ६ मा वृद्धभत्ता लुट्ने उद्देश्यले एक वृद्धाको हत्या भएको छ। कालिञ्चोक– ६ पाटागाउँकी ७५ वर्षीया पदमकुमारी सुनुवारको वृद्धभत्ताबापतको रकम लुट्ने उद्देश्यले खुकुरी हानी हत्या भएको प्रहरीले जनाएको छ।

दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काका अनुसार सोही गाउँपालिका वडा नम्बर ४ नर्मी घर भएका २३ वर्षीय विक्रम कार्कीले रकम लुट्नकै लागि वृद्धाको खुकुरी हानी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। यही साउन ९ गते राति मृतक वृद्धाकै घरमा वास बसेका कार्कीले राति खुकुरी प्रहार गरी हत्या गरेको डिएसपी खड्काले बताए।

साउन ११ गते पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। हत्यापछि फरार रहेका उनलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा दुबई जान परीक्षा दिई काठमाडौंबाट घर फर्कने क्रममा ती युवक सुनुवारको घरमा वास बसेका थिए। वृद्धा कार्कीलाई भान्साकोठामा ओछ्यान लगाई आफू अर्कै कोठामा गएर सुतेकी थिइन्।

कार्कीले राति आफू सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु