२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोशीमा मन्त्री छान्न कांग्रेसभित्र सकस

२०८१, १५ श्रावण मंगलवार ०६:३५

साउन १५, विराटनगर । नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ ।

आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको छ ।


चार मन्त्री र २ राज्यमन्त्री भागमा पाएको कांग्रेसबाट प्रदेशसभामा रहेका २९ मध्ये पुर्व मुख्यमन्त्री उद्धव थापा र केदार कार्की बाहेक सबै सांसदले मन्त्री बन्ने आकांक्षा देखाएपछि काँग्रेसमा सकस बढेको हो ।

केन्द्रमा भने सभापति शेरबहादुर देउवाले आफु पक्षले २ शेखर कोइराला र कृष्ण सिटौला पक्षलाई एक एक मन्त्री दिने तयारी गरेको कांग्रेस वृतमा चर्चा छ ।

मुख्यमन्त्रीमा भने कांग्रेस र एमालेबीच केन्द्रको मोडलमै सहमति भएको छ । जस अनुसार केपी ओली प्रधानमन्त्री रहेसम्म कोशीको नेतृत्व एमालेले नै गर्ने छ भने शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसको मुख्यमन्त्री बन्ने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई