१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नागरिकता लिनेभन्दा राहदानी लिने बढी

२४ श्रावण २०८१, बिहीबार १०:५०

साउन २४, तनहुँ । तनहुँ जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ । 

राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ । 

कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अंगीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् । 


यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । 

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । 

उनका अनुसार कार्यालयबाट पाँच सय १५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ । २५ हजार दुई सय २७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छ भने एक हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ । 

आठ सय ४५ लाई जनजाति प्रमाणित, चार सय १८ लाई दलित प्रमाणित, एक सयलाई विपन्न खस आर्य प्रमाणित, ३८ लाई मुस्लिम प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार एक सय ५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छ भने १२ जनालाई यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ । 

सोही अवधिमा कार्यालयमा एक सय ४५ मुद्दा दर्ता भएकामा ७९ फर्छ्याेट भएका छन् । संस्था दर्तातर्फ २५ नयाँ, छ सय ८७ नवीकरण, हातहतियारतर्फ तीन नवीकरण र एक नामसारी भएका छन् । 

कार्यालयले संस्था दर्ताबाट १० लाख ३० हजार छ सय १०, हातहतियारबाट छ लाख एक हजार एक सय २५, राहदानी दस्तुरबाट आठ करोड ४६ लाख ५३ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट ११ लाख ५० हजार छ सय ३८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट दुई लाख २३ हजार राजस्व संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह