२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५ जना मृतावस्थामा फेला

२०८१, १३ भाद्र बिहीबार ०७:४४

भदौ १३, काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार महोत्तरीको मनराशिश्वा नगरपालिका-५ स्थित दशगजाक्षेत्रमा भारत सितामाढी थाना सोनवर्षा भुतही-१२ बस्ने ३५ वर्षीय रबिन्द्र साह मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी पाल्पाको रम्भा गाउँपालिका-५ बाकुम बस्ने ५९ वर्षीय केसरसिंह गाहा पनि सोही ठाउँस्थित बाटोको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी धनुषाको नगराईन नगरपालिका-२ नगराईन चोकमा अन्दाजी ७० वर्षीय पुरूष तथा     पर्वतको कुश्मा नगरपालिका-८ दोविल्लामा अन्दाजी ६५ वर्षीय पुरूष समेत मृत अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । 

यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ स्थित तिनाउ नदीमा हाल नाम, थर, वतन नखुलेका पुरूष मृत अवस्थामा फेला परेका छन् ।    सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा